दुर्घटनामा २ जनाको ज्यान गयो, ५ जना घाइते

 भदौ २९, २०७६ आइतबार ६:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – वाणगंगा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

चार नम्बरबाट कोपवातर्फ जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्र्याक्टर कोपवा सडकखण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा ट्रयाक्टर चालक वाणगंगा–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र यही ठाउँका १५ वर्षीय रञ्जित बोटे माझीको ज्यान गएको प्रहरीे जनाएको छ । 

घाइतेमध्ये वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र यही ठाउँका १५ वर्षीय मनिस परियारको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचारका लागि बुटवल लगिएको छ ।

अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया