संवैधानिक प्रश्न नउठ्ने गरी सरकारले काम गरिरहेको छ : अध्यक्ष दाहाल

 भदौ २९, २०७६ आइतबार १६:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले देशकाे भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दावी गर्नुभएको छ । 

अध्यक्ष दाहालले छिमेकी देश भारत र चीनसहित अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो । कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध गर्न मिल्ने अवस्था नरहेको पनि अध्यक्ष दाहालको भनाइ छ । 

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दिशामा पनि संवैधानिक प्रश्न नउठ्ने गरी सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले जनताको अपेक्षाअनुसार काम सरकारले गर्न नसकेको पनि स्वीकार गर्नुभयो ।

अध्यक्ष दाहालले चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट इनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथ दिएको पनि स्पष्ट पार्नुभयो । परियोजनामा नेपालका सबै राजनीतिक दलहरुको साथ रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया