भारतको बेंगलोरमा एक नेपाली युवककोे मृत्यु

 भदौ २९, २०७६ आइतबार १६:४८:५७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - रोजगारीकाे सिलसिलामा भारतको बेंगलोरमा रहेका एक नेपाली युवककोे पानीको ट्याङ्कीमा खसेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएर हाल कञ्चनपुरको  झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेका जनाइएकाे छ ।

शनिबार राति काम सकेर कोठातिर  जाने क्रममा पानी ट्याङ्कीमा खसेर जोशीकोे मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज, भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो ।

मृतक जोशी एक महिना अगाडि मात्रै रोजगारीका लागि भारतको बेंगलोर गएका थिए । जाेशीको शव परीक्षणपछि भारतमै दाहसंस्कार गरिसकिएको सुदूरपश्चिमेली नेपाली समाजका संस्थागत अध्यक्ष कपाडीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया