संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकु...
चैत ८, २०८१ शुक्रबार
काठमाण्डौ – ‘सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आइतबार राष्ट्रिय बाल दिवस मनाइएको छ ।
विक्रम संवत २०२१ साल भदौ ४ गतेदेखि मनाउन थालिएको राष्ट्रिय बालदिवस विक्रम संवत २०६३ सालदेखि भने भदौ २९ गते मनाउन थालिएको हो । बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सघंसस्थाले आइतबार विभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाएका छन् ।
यसैबीच काठमाण्डौको कपनमा रहेको बालविकास समाजले वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ । २७ वर्ष अघि बालबालिकाको संरक्षण तथा बाल हिंसा अन्त्य गर्ने उद्देश्यले स्थापना भएको समाजले निःशुल्करुपमा ‘डे केयर’ पनि चलाएको छ । यस्तै मजदुर तथा विपन्न परिवारको लागि निःशुल्क स्वास्थ्य सेवा दिइरहेको छ ।
त्यस्तै वर्ल्ड भिजन इन्टरनेशनले इँटा भट्टामा रहेर काम गरिरहेका ५५ बालबालिकालाई विभिन्न खालका सामग्री वितरण गरेको छ । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपमेयर रमा देवी राईले पालिकासँगै मिलेर संस्थाको आडैमा रहेको विद्यालयलाई अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष सुवास गौतमले आफूहरुले देशकै नमुना संस्था बनेर काम गरिरहेको दावी गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।