संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकु...
चैत ८, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणले औपचारिक घोषणा गरेर नेपाल लोडसेडिङमुक्त भएको बताएको २ वर्ष पुगिसकेको छ ।
देशकै उत्पादन व्यवस्थित गर्ने, पुराना संरचना फेर्ने, थला परेका आयोजना पुरा गरेर र भारतबाट बिजुली आयात गरेर प्राधिकरणले देशलाई लोडशेडिङमुक्त बनाइसकेको छ । अहिले बर्खाको समयमा त लगभग नेपालमै उत्पादन भएको बिजुलीले पुग्ने अवस्था छ ।
तर पनि हिजोआज झ्याप्प झ्याप्प बिजुली गैरहन्छ । सामाजिक सञ्चालमा व्यङग्य गर्दै ‘कुलमान जानुभयो, कुलमान हराउनुभयो’ जस्ता प्रतिक्रिया आइरहन्छन् ।
प्राधिकरण सम्हालेको ३ वर्ष पुगेको अवसरमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशकलाई प्रश्न आयो, ‘लोडसेडिङ हट्यो भन्नुहुन्छ तर बत्ती किन झ्याप्प झ्याप्प गैहरन्छ ?’
कार्यकारी निर्देशकले जवाफ दिनुभयो, ‘हामीसँग बिजुली अपुग भएर बिजुली काटिएको होइन, त्यसैले यसलाई लोडशेडिङ भन्न मिल्दैन, बरु हाम्रा पुराना संरचनाले धान्न छाडेका हुन्, हामीले हजारौँ पोल र ट्रान्सफर्मर फेरिसक्यौँ तर अझै धेरै ठाउँमा पुराना संरचनाको कारणले बत्ती गएको हो ।’
यस्तै चैत वैशाखदेखि भदौ असोजसम्म हावाहुरी र बर्खाको कारण धेरै ठाउँमा खम्बा र रुख ढाल्ने अनि बाढीका कारण विद्युतगृह नै बन्द गरिदिनुपर्नेसम्मका समस्या आएकाले कहिलेकाँही विना योजना र विना सूचना नै बिजुली काट्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयाे ।
तर असोजदेखि फागुनसम्म भने यस्ता प्राविधिक समस्या निकै कम हुने उहाँको भनाई छ ।
यस्तै सडक र ढल बनाउँदा खम्बा सार्ने काम भैरहँदा पनि बिजुली गएको हुनसक्ने भन्दै घिसिङले भन्नुभयो, ‘उदाहरणको लागि चाबहिलमा सडक बनाउने काम भैरहेको हुन्छ, तर त्यहाँ खम्बा सार्दा कहाँ कहाँसम्मको बिजुली गएको हुनसक्छ, हामी मात्रै नभएर अरु निकायको कारण पनि बत्ती गैरहेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।