सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैङ्कबीच सम्झौता

 भदौ ३०, २०७६ सोमबार ८:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालि र  ज्योति विकास बैङ्कबीच कर्जा सम्झौता भएको छ ।

अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैङ्कको देशैभरिको जुनसुकै शाखामार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उपमहाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया