कर्मचारी सञ्चय कोषमा ३ खर्ब ९ अर्ब ८५ करोड रुपैयाँ जम्मा

 भदौ ३१, २०७६ मंगलबार १३:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्मचारी सञ्चय कोषको रकम ३ खर्ब ९ अर्ब ८५ करोड पुगेको छ ।

कर्मचारी सञ्चय कोषले आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाण्डाैमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो ।

त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो । कोषले गएकाे साउन महिनासम्ममा ३१ अर्ब ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ ।

कोषले जगेडा रकमलाई देशको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ । प्रशासक गौतमले देशलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताउनुभयो । त्यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ ।

कर्मचारी सञ्चय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख सञ्चयकर्ताहरु रहेका छन । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य बीमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी कोषले सञ्चयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया