च्याम्पियन्स लिगको पहिलो खेलमै लिभरपुल नापोलीसँग पराजित

 असोज १, २०७६ बुधबार ६:४७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको छ ।

नापोलीको घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा लिभरपुलले हार ब्यहाेर्‍यो । उसले अन्तिम ८ मिनेटमा २ गोल खान पुग्याे ।

लिभरपुललाई स्तब्ध बनाउन नापाेलीका लागि मार्टिनेज र लोरेन्टीले समान एक–एक गोल गरे । 

पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे ८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुुरी समयमा लोरेन्टीले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

सन् १९९४ मा एसी मिलानसँग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित भएकाे हाे ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया