नयाँ संसद भवनको शिलान्यास आज, तीन वर्षमा निर्माण सम्पन्न हुने

 असोज १, २०७६ बुधबार १०:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय संसद भवनको शिलान्यास बुधबार हुँदैछ । बुधबार बिहान साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैँचामा भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 

भवन तीन वर्षभित्र निर्माण पूरा गर्ने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार झण्डै १ सय ७३ रोपनी ८ आना जग्गामा प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसद् सचिवालयको तीन वटा भवनसहित सुरक्षाकर्मीको लागि आवास र झण्डै ७ सय गाडी पार्किङ गर्न सकिनेछ ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ । शिलान्यास लगत्तै निर्माण कार्य सुरु हुने मन्त्रालयले जनाएको छ ।

७ अर्ब रुपैयाँको लागतमा भवन निर्माण हुने प्रारम्भिक अनुमान छ । 

 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया