संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकु...
चैत ८, २०८१ शुक्रबार
काठमाण्डौ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा यसै साता संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको आयोजना हुँदैछ ।
‘ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ नाम दिइएको सम्मेलन २० देखि २२ सेप्टेम्बरसम्म चल्नेछ । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्नुहुने कार्यक्रम छ ।
एनआरएनए आईसीसीको आउँदो महिना नेपालमा हुने वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा हुन लागेको पहिलो विश्व स्वास्थ्य सम्मेलनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
मन्त्री यादव नेपाल सरकारको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार अमेरिका प्रस्थान गर्दै हनुहुन्छ । त्यही अवसरमा मन्त्री यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएकोे हो ।
शुक्रबार सुरु हुने सम्मेलनको २१ सेप्टेम्बरमा मन्त्री यादवले उद्घाटन गर्नुहुनेछ । त्यसका लागि मन्त्री यादव बिहीबार नै सम्मेलनस्थल एटलान्टा पुग्ने र शनिबारसम्म सम्मेलनमा सहभागी हुनुहुनेछ ।
मन्त्री यादव शनिबार नै महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने कार्यतालिका छ । २२ र २३ सेप्टेम्बरमा मन्त्री यादव महासभाको बैठकमा भाग लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।