चितवन मेडिकल कलेजकाे शुल्क विवाद टुंगियाे: विभिन्न बुँदामा सहमति

 असोज ४, २०७६ शनिबार १७:४१:२ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन मेडिकल कलेजमा देखिएको शुल्क विवाद समाधानका लागि विभिन्न बुँदामा सहमति भएको छ ।

सहमति भएको पहिलो बुँदामा विद्यार्थीबाट बढी लिइएको रकम फिर्ता गर्ने वा साविक (पहिले) कै शुल्कमा समायोजन गर्ने रहेकाे छ । 

त्यसैगरी विद्यार्थीहरुले आन्दोलन फिर्ता गर्ने र आइतबारदेखि पढाइ सुरु गर्ने सहमति पनि भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र नेपाल सरकारसँग भएको सहमतिअनुसार कार्तिक १८ गतेभित्र रकम फिर्ता गर्ने तय भएको छ । 

रसिद नलिइकन विद्यार्थीसँग पैसा लिइएको सम्बन्धमा विद्यार्थी, कलेज प्रशासन, प्रशासन अधिकृतलगायत सात सदस्यीय समिति गठन गरिएकाे छ । 
त्यसैगरी अन्य आन्तरिक विवादमा विद्यार्थी र कलेज प्रशासन मिलेर वार्ताको माध्यमबाट समाधान खोज्ने सहमति भएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया