दशैँ बिदामा पनि सिप्रदीले ४६ वटा सर्भिस सेन्टरबाट सेवा दिने

 असोज १७, २०७६ शुक्रबार ८:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँ बिदामा सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ ।

दशैँको बेलामा धेरै आवत-जावत हुने भएकोले  सिप्रदीले ४६ वटा ठाउँबाट सेवा दिने व्यवस्था गरेको छ । यी सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिमसम्म रहेको सिप्रदीको सञ्जालहरुमा रहेका छन् ।

साथै बाटोमा केही समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । 

सर्भिस सेन्टर कहाँ कहाँ छन् थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया