देवः विकास बैंक १८ करोड हिनामिना प्रकरण : पाँच जना कारागार चलान

 कात्तिक ७, २०७६ बिहिबार ७:४१:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको नारायणपुरमा रहेको तत्कालीन वेष्टर्न डेभलभमेन्ट बैंक अहिलेको देव: विकास बैंकको रकम हिनामिना आरोपमा पाँच जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । बाँकी आठ जनालाई धरौटीमा छोडिएको छ । उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशले बुधबार यस्तो फैसला गरेको हो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायधीश ऋषिराज दवाडीको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो ।

अदालतले तत्कालीन वेष्टर्न बैंक नारायणपुर शाखा प्रमुख समिर बुढाथोकी, बैंकका कर्मचारी अनिल न्यौपाने र खातावाल वसन्तबहादुर बुढाथोकी, झगबहादुर डाँगी र विजय गुप्तालाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले बैंक रकम हिनामिनामा संलग्न ५६ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया