काराबाओ कप: लिभरपुल र म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

 कात्तिक १४, २०७६ बिहिबार ६:३५:२३ | उषा तामाङ
unn.prixa.net

आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १० गोल भएको खेलमा पटकपटक लिएको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित हुनुपर्यो । मुस्ताफीको आत्मघाती गोलबाट छैटौँ मिनेटमै लिभरपुलले अग्रता लिएको खेलको १९ औंँ मिनेटमा लुकास टोरेराले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

त्यसपछि मार्टिनेलीले २ गोल गरेपछि आर्सनलले ३–१ को अग्रता बनायाे । लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काएपनि एश्ले नाइल्सले गोल गर्दै आर्सनललाई फेरि दुई गोलको अग्रता दिलाए ।

त्यसपछि एलेक्स च्याम्बरलिन र डिभोक ओरिगीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ७०औंँ मिनेटमा विल्लकले गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए पनि इन्ज्युरी समयको चौथो मिनेटमा ओरिगीले दोस्रो गोल गर्दा खेल पेनाल्टीमा पुगेको थियो ।

यस्तै अर्को खेलमा चेल्सीलाई २–१ ले हराउँदै म्यानचेष्टर युनाइटेड पनि काराबाओ कपको क्वाटरफाइनलमा पुगेको छ । म्यानचेष्टर युनाइटेडलाई जिताउन दुवै गोल रासफोर्डले गरे । 

स्पेनिस ला लिगामा रियल मड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी १ मा झारेको छ । बुधबार रातिको खेलमा लेगानेसलाई ५–० ले हराउँदै रियलले अंक दूरी छोट्याएको हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया