विमान दुर्घटनामा नेपालीले पनि विदेशी नागरिकसरह क्षतिपूर्ति पाउछन् : मन्त्री अधिकारी

 साउन १, २०७५ मंगलबार १८:२४:३२ | उज्यालो सहकर्मी

काठमाडौं – विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिकसरह क्षतिपूर्ति पाउने भएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले अब नेपाली नागरिकले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिकसरह करिब डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको बताउनु भएको हो ।

मंगलबार चितवनको सौराहामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेपालीले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह क्षतिपूर्ति दिनका लागि आवश्यक निर्णय गरिसकेको स्पष्ट पार्नुभयो । विमान दुर्घटनामा ज्यान गएका नेपालीलाई अहिलेसम्म २० लाख क्षतिपूर्ति दिने गरिएको छ ।

मन्त्री अधिकारीले नारायणी नदीमा पानी जहाज संचालनका विषयमा पनि अध्ययन भइरहेको जानकारी दिनुभयो । नेपालमा पानी जहाज आउन ढिलाई नहुने पनि मन्त्री अधिकारीको दाबी छ ।

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया