ट्याक्सी पार्किङलाई यसरी व्यवस्थित गरौँ

 कात्तिक २७, २०७६ बुधबार ७:४८:५९ | सिताराम हाछेथु
unn.prixa.net

काठमाण्डौमा सबैभन्दा ठूलो समस्या भनेको पार्किङको हो । हाम्रो यहाँको सडकमा गाडीहरु पार्किङ गर्दा अहिले सडक नै ग्यारेज जस्तो भएको छ । निजीदेखि सार्वजनिक गाडीसम्म सबै सडकमा रोकेको हुन्छ । अझै ट्याक्सीमा यस्तो समस्या बढी छ ।

ट्याक्सीका लागि पार्किङ गर्ने ठाउँ नभएको भने होइन । ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाभित्र ट्याक्सी पार्किङका लागि एक सय २२ ठाउँ छुट्याएको छ । तर पहिला तीन हजारदेखि ३५ सय मात्रै ट्याक्सी थिए । तर अहिले ८ हजारभन्दा बढी ट्याक्सी भइसकेका छन् ।

ट्याक्सीको संख्या बढे पनि हाम्रो सडकको चौडाइ जत्राको तत्रै छ । त्यसैले पहिलाको तुलनामा ट्याक्सीका लागि पार्किङको कमी भएको हो । तर पनि ट्राफिक प्रहरीले ट्याक्सीलाई ठाउँ हरेर सरकार महानगरपालिका, ट्राफिक प्रहरीको सहकार्यमा ३ वटा, ५ वटा पार्किङ दिने गरिएको छ ।

अब सडकको चौडाइ बढाएर सडकमा पार्किङ गर्न दिने त भन्ने कुरा पनि आउन सक्छ । ट्याक्सीलाई पहिलेदेखि सडकमा पार्किङको लागि ठाउँ दिइएको हो । अझै सडकमा बढी भिड हुने मोड, चोकमा दिन हुँदैन भनेर म पनि भन्छु  र यसलाई परिवर्तन गर्नुपर्छ ।

पहिला सडकमा कम गाडी गुड्दा त ठिकै हो अहिले त गाडी नै १२ लाख भइसके अनि त्यसमाथि ट्याक्सी पनि बढेर ८ हजार बढी हुँदा अब ट्याक्सी पार्किङलाई व्यवस्थित बनाउनु नै पर्छ ।

अब यसको लागि ट्याक्सी व्यवसायी, समिति, कम्पनीहरुसँग सम्पर्क गरेर ट्याक्सी पार्किङ वा स्टपलाई जाम नहुने ठाउँमा सार्नुपर्छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया