सल्यानमा उपचुनाव बहिस्कार अभियान चलाउने चार जना पक्राउ

 मंसिर ११, २०७६ बुधबार १५:४२:३२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - सल्यानमा मंसिर १४ गते हुन लागेको उपचुनाव बहिस्कारको आन्दोलन घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चारजना नेता कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्णाली प्रदेश इन्चार्ज एवं पोलिटब्यूरो सदस्य ६० वर्षीय चक्रपाणि शर्मा,  जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज ४२ वर्षीय दिपक बहादुर शाही, जिल्ला सचिव ६८ वर्षीय चक्र बहादुर शाह र  जिल्ला सदस्य ३८ वर्षीय हिरालाल गोसाई रहेका प्रहरीले जनाएको छ । 

जिल्लाको कुमाख गाउँपालिका–५, बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा  घटनास्थलबाटै उनीहरुलाइ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे । 

उनीहरूको साथबाट ‘संसदीय उपचुनाव बहिष्कार गरौं, संघीय गणतन्त्रको दिशामा अघि बढौंँ’ भन्ने नारा लेखिएको पर्चा भेटिएको डीएसपी खतिवडाले बताउनुभयाे। पक्राउ परेका चारै जनालाई जिल्ला प्रशासन कार्यालयले बुधवार ७ दिनकाे म्याद थप गरी अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिनुभयाे । 

उहाँले चुनाव बिथोल्ने जो सुकैलाइ पनि कडा कारबाही गरिने चेतावनी दिँदै चुनाव अवधिभर आचारसंहिता उल्लंघन वा निर्वाचन विरोधी गतिविधि नगर्न समेत सबैमा आग्रह गर्नुभएकाे छ। 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया