१३ औँ सागकाे सम्पूर्ण तयारी पूरा, ट्राफिक व्यवस्थापन सहज बनाउन जाेर-बिजाेर प्रणाली

 मंसिर १२, २०७६ बिहिबार १५:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । 

सागलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बताउनु भएको छ । साथै उहाँले खेलका दौरान ट्राफिक व्यवस्थापनको काम पनि सकिएको जानकारी दिनुभयो । 

सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । जसअन्तर्गत मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन उहाँले आग्रह गर्नुभयो । 

उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ । यसका साथै भारत र पाकिस्तानको खेलाडीलाई हुने जोखिम कम गर्न विशेष सुरक्षा व्यवस्था गरिएको छ ।

दशरथ रंगशालामा नयाँ राखिएका कुर्सीहरु यदि दर्शकले आक्रोश वा अन्य कुनै किसिमले भाँचेमा त्यसको क्षतिपूर्ति दर्शकले तिर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया