साग महिला भलिबल : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

 मंसिर १४, २०७६ शनिबार १०:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ ।

सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ ।

श्रीलंकालाई हराएको खण्डमा नेपालले भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले साग खेलकुदको महिला भलिबलमा कास्य पदकभन्दा ठूलो सफलता हात पार्न सकेको छैन ।

समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

शनिबार नै हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया