१३ औँ सागमा नेपालको झण्डा भारत्तोलनका खेलाडी कमलले बोक्ने

 मंसिर १४, २०७६ शनिबार १३:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा भारत्तोलनका कमलबहादुर अधिकारीले बोक्ने निश्चित भएको छ । 

यसअघि साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा बोक्न राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम आए पनि अन्तिम समयमा नेपाल ओलम्पिक कमिटीले कमलको नाम फाइनल गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने पारसको नाम पारित गर्न सिफारिस गरेको थियो । तर सबै मापदण्ड हेर्दा कमल नै उचित रहेको भन्दै ओलम्पिक कमिटीले दुई दिनको छलफलपछि फाइनल गरेको हो ।

यसका लागि उमेरसँगै जितेको पदक अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिता कति छ भनेर हेरिएको थियो, जसमा कमल फिट भएका थिए । 

राष्ट्रिय खेलकुद परिषद्ले भने पारसलाई यो मौका दिनुपर्छ भनेर अडान राखेको थियो । तर अन्तिममा सदस्य सचिव रमेश सिलवालको अडानले काम गरेन ।

कमलले नेपालको तर्फबाट भारत्तोलनमा स्वर्ण जित्नुका साथै ओलम्पिक पनि खेलिसकेका छन् । उमेरका हिसाबले पनि उनी सिनियर रहेकाले उनले बोक्ने भएका हुन् । 

ओलम्पिक कमिटीले कमलको करियर अन्तिम चरणमा रहेको र उनलाइै सम्मान दिएजस्तो पनि हुने भएकाले सागको उद्घाटनमा नेपालको झण्डा उनले नै बोक्ने तय गरेको हो । 

यता उद्घाटन समारोहमा ओलम्पिक टर्चलाई अन्तिममा दीपक विष्टले बोक्ने भएका छन् । रंगशालामा ओलम्पिक टर्च पुगे पनि फाइनल चरणमा विष्टले टर्च बोक्नेछन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया