मालारानीमा कांग्रेसले उल्टायाे नतिजा, नेकपाका उम्मेदवार १०६ भाेटले पराजित

 मंसिर १४, २०७६ शनिबार २३:५९:५० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर  विजयी हुनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ भोट बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभयो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए । राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गर्नु भएको छ ।

विजयी शोभाखर खनाल गएको स्थानीय चुनावमा तत्कालीन एमालेका जीवन चौहानसँग ३६ मतले पराजित हुनु भएको थियो । वडाध्यक्ष जीवन चौहानको गत पुसमा दुर्घटनामा परि मृत्यु भएपछि पद खाली भएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया