कराँतेकाे महिला टिम कातामा नेपाललाई स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १२:४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो ।

टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भयो । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगीता मगरले स्वर्ण जिते । 

प्रतिस्पर्धामा पाकिस्तान दोस्रो बनेको छ । श्रीलंकाले भने तेस्रो स्थान हात पार्‍याे । नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पार्‍याे । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया