साग खेलकुद : उसुमा विजय र सुस्मिताले दिलाए स्वर्ण पदक

 मंसिर १७, २०७६ मंगलबार १०:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण एसियाली खेलकुद सागमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । मंगलबारदेखि सुरु भएको उसुमा नेपालले दुई वटा स्वर्ण हात पारेको छ ।

उसुको थाउलोमा विजय सिंञ्जालीले नेपाललाई स्वर्णपदक दिलाए । उनले चानक्वान विधामा नौ दशमलव ४८ अंक ल्याउँदै स्वर्ण जिते ।

यस्तै महिलातर्फ सुस्मिता तामाङले थाउलोको यही विधामा स्वर्ण जित्न सफल भइन् । उनले नौ दशमलव ४४ अंक प्राप्त गर्दै पहिलो भइन् ।

योसँगै नेपालको स्वर्ण संख्या १७ पुगेको छ ।

सागको पहिलो दिन नेपालले कराँते र तेक्वान्दोमा समान सात सात स्वर्ण जितेका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया