महिला फुटबलमा नेपालको विजयी सुरुवात

 मंसिर १७, २०७६ मंगलबार १२:३७:४२ | सुमन गुरुङ
unn.prixa.net

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।  श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गाेलले विजयी भएको हो । 

नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।

महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया