बिहीबारदेखि सिप्रदीको ग्लोबल सर्भिस क्याम्प : ‘मिसकल’ दिएर सहभागी हुन सकिने

 मंसिर १७, २०७६ मंगलबार १५:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा बिहीबारदेखि चौथौ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प सुरु हुँदैछ ।

आउने शनिबारसम्म चल्ने यो तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुन लागेको हो । यो सर्भिस क्याम्पमा टाटा मोटर्सका व्यापारिक गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडी जाँच गराउन पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले सर्भिस क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा ‘मिसकल’ दिएर दर्ता गर्न सक्नेछन् । कम्पनीका अनुसार सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट तथा एक्साइड ब्याट्रीमा छुट दिइनेछ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच गर्ने जनाएको छ।

कस्ता छन् सर्भिस क्याम्पमा सुविधा ?

-निःशुल्क ४७ पोइन्ट्स चेकअप
-निःशुल्क कम्प्युटर डायग्नोसिस
-निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण, एफआईपी परीक्षण
-निःशुल्क टायर परिक्षण र प्रदूषण जाँच
-निःशुल्क लन्च सुविधा
-गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू
-दैनिक लक्की ड्र तथा मोबाइल फोन जित्ने मौका
-बम्पर लक्की ड्र

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया