शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत जुनी राईले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । उनले उसुको सान्सो ५६ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।
लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा भएको खेलमा जुनीले श्रीलंकाली खेलाडी मधुमालीलाई २–० ले हराउँदै स्वर्ण पदक जितेकी हुन् । जुनीले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति चानुलाई २–० ले हराएकी थिइन् । मधुमालीले भने बंगलादेशकी साकी अख्तरलाई हराएर फाइनल प्रवेश गरेकी थिइन् ।
जुनीले स्वर्ण जितेसँगै नेपालले उसुमा मात्रै ५ स्वर्ण पदक जितेको छ । यसअघि बिहीबार नै निमा घर्ती मगरले पनि उसुमा स्वर्ण पदक जितेकी थिइन् । उनले २०१६ मा भारतमा भएकाे १२औँ सागमा पनि नेपाललाई स्वर्ण पदक जिताएकी थिइन् ।
जारी १३औँ सागमा भने नेपालको स्वर्ण पदकको संख्या ३६ पुगेको छ ।