१३औँ साग : बंगलादेशले दियो नेपाललाई १५६ रनको विजयी लक्ष्य

 मंसिर २१, २०७६ शनिबार ११:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  दक्षिण एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा बंगालदेशले नेपाललाई १५६ रनको विजयी लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बंगालदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

बंगलादेशका लागि कप्तान नजमुल होसेन सान्तोले सर्वाधिक ७५ रन बनाए । उनले ६० बलमा ४ चौका र ४ छक्कासहित ७५ रन बनाएका हुन् । त्यस्तै अफिफ होसेनले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ५२ रन बनाए । 

पारसको उत्कृष्ट बलिङ

नेपालका लागि पारस खड्काले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका पारसले १५ रन दिएर ३ विकेट लिए । बंगलादेशका ओपनरद्वय मोहम्मद नैम र सौम्य सरकारलाई पारसले ६–६ रनमा आउट गरे ।

नैम पारसको बलमा बोल्ड आउट भएका थिए भने सौम्यलाई करण केसीको हातबाट क्याच आउट गराएका थिए । त्यस्तै सैफ हसनलाई पनि पारसले शून्य रनमै बोल्ड गरेका थिए । त्यस्तै यासिर अलीलाई अभिनाश बोहराले कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले नेपालका लागि २ विकेट लिए । 

जारी प्रतियोगितामा नेपालको लिग चरणको अन्तिम खेल हो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया