सामान्य बन्दै कोहलपुर, कर्फ्यु अझै कायमै

 मंसिर २३, २०७६ सोमबार १२:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - विद्यार्थी र प्रहरीको झडपका कारण आइतबार दिनैभर तनाबग्रस्त बनेको बाँकेको कोहलपुर बजार क्षेत्र सामान्य बन्दै गएको छ ।

सुरक्षाका कारण साेमबार १ दिनका लागि कोहलपुर बजार क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिए पनि बिहानैदेखि कोहलपुर बजार क्षेत्रमा गाडी र मानिसको आवतजावत भइरहेको छ ।

आइतबार राती बसेको सर्बदलीय तथा सर्बपक्षीय बैठकले संयमित हुन स्थानीयसँग अनुरोध गर्दै घाइतेको उपचार, तोडफोड र आगजनीको क्षतिपूर्तीका लागि गृह मन्त्रालयसग सिफारिस गर्ने निर्णय गरेको छ ।

त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएको विरोधमा विद्यार्थीले प्रहरीमाथि ढुँगामुढा र लाठी प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो ।

दिउँसो २ बजेदेखि कोहलपुरमा प्रहरीले माइक लगाएर कर्फ्यु जारी गरिएको बताउँदै स्थानीयलाई हिँडडुल गर्न र पसल खोल्न दिएको थिएन । गाडी पनि चलेका थिएनन् । कर्फ्यु अझै पनि कायमै रहेकाे छ । 

घाइते चन्दको काठमाडौमा उपचार भइरहेको छ । झडपमा घाइते भएकामध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया