साग महिला फुटबल : नेपाललाई २-० ले हराउँदै भारतले जित्याे स्वर्ण

 मंसिर २३, २०७६ सोमबार १५:५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएकाे प्रतिस्पर्धामा भारतसँग नेपाल २-० ले पराजित भएकाे छ । 

पोखरा रंगशालामा भएकाे खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलाे गोल खान पुग्यो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले  गोल गरिन् ।

पहिलाे हाफमा एक गाेलले पछि परेकाे नेपालले दाेस्राे हाफकाे सुरूवातमा नै अर्काे गाेल खायाे । भारतका लागि बाला देवीले नै खेलकाे ५६औँ मिनेटमा दोस्राे गाेल गरिन् ।

नेपालले भारतलाई हराउँदै सागमा ऐतिहासिक स्वर्ण पदक जित्ने याेजना बनाए पनि त्याे सफल हुन पाएन ।  सागमा जहिले पनि नेपाल भारतसँग पराजित हुँदै आएको छ । यो प्रतियोगिताको लिग चरणमा पनि नेपाल भारतसँग एक-शून्यले नै पराजित भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया