सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो
चैत ६, २०८१ बुधबार
बाँके - बाँकेको कोहलपुरमा सत्तारुढ दल नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सोमबार सडकमा सरसफाइ गरेका छन् ।
आइतबार भएको प्रदर्शनका क्रममा सडकमा फालिएका ढुंगा, इँट्टा र सिसा सोमबार सरसफाइ गरिएको हो । संघका अध्यक्ष कुश्मा बस्यालले युवा विद्यार्थीहरु आइतबारको घटनाबाट मर्माहत भएको बताउनुभयो ।
कोहलपुरमा सोमबार पनि केही स्थानमा प्रदर्शन भएका छन् । कोहलपुर नगरपालिकाले आइतबारको घटनामा घाइते भएका विद्यार्थीहरुको उपचारका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कार्यवाहक मेयरसमेत रहनुभएका उपमेयर सञ्जु चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले चौधरीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । विद्यालयलाई शान्ति क्षेत्र कायम गर्नुपर्ने भन्दै नगरपालिकाले घटनाको निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले घटनालाई साम्य पार्न सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो ।
‘घटना कसरी भयो भन्दै कारण खोज्ने समय होइन’, प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो, ‘अहिले सबै जना घटनाको सहजीकरण र व्यवस्थापनमा लाग्ने समय हो ।’ विद्यार्थी र अभिभावकको माग सम्बोधन गरिएका कारण अवस्था सहज बन्दै गएको उहाँको भनाइ छ ।
नेकपा बाँकेका सचिव अशोक कोइरालाले विज्ञप्ति जारी गरी घटनापछि संयमता अपनाउन सबैमा अपिल गर्नुभएको छ । सोमबार कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द भएका छन् ।
बाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द ट्रकको ठक्करबाट गम्भीर घाइते भएपछि आइतबार कोहलपुर तनावग्रस्त भएको हो । ललितपुरको बी एण्ड बी अस्पतालमा उपचाररत चन्दको सोमबार दायाँ खुट्टा काटिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।