युरोपेली युनियनले यसपटक पनि नेपाली जहाजलाई कालो सूचीबाट हटाएन

 मंसिर २६, २०७६ बिहिबार २०:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली युनियनले नेपाली विमानलाई कालो सूचीमा यथावत राखेको छ । युरोपेली युनियनले यसपटकको समीक्षाबाट नेपाललाई कालो सूचीबाट हटाउने अपेक्षा गरिए पनि उनीहरुले नेपाललाई कालो सूचीबाट हटाएका छैनन् ।

नेपाली जहाज अब कम्तीमा पनि ६ महिना युरोपको आकाशमा उड्न पाउने छैनन् । सुरक्षा संवेदनशीलता भन्दै युरोपेली युनियनले सन् २०१३ देखि नेपाली जहाज र आकाशलाई कालो सूचीमा राखेको छ ।

सरकारले पटक–पटक कुटनीतिक पहल गरे पनि यो पटक पनि कालो सूचीबाट उम्कन भने सकेन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई सुरक्षा सूचीबाट हटाइसकेको छ, तर युरोपेली युनियनले कालो सूचीमै राख्नुमा स्वार्थ लुकेको हवाई विज्ञहरुले बताउँदै आएका छन् ।

ईयूले १५ देशका १ सय ५५ विमान कम्पनीलाई कालो सूचीमा राखेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया