दशरथ रंगशालामा नेपाल निलाे र जापान टिमबीचकाे मैत्रीपूर्ण खेल दिउँसाे ३ बजेपछि

 मंसिर २७, २०७६ शुक्रबार ९:३१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको निलो र जापानको जे लिग खेल्ने मिस्रित टिमबीच शुक्रबार काठमाण्डौमा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजेपछि मैत्रीपूर्ण खेल सुरु हुने छ । जापान फुटबल संघको सहयोगमा आएको टिमले गएको संस्करणको ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने छ ।

आज खेल्ने नेपाल निलो टिममा सागमा स्वर्ण पदक जित्दा रहेका केही खेलाडी रहने छन् । 

यस्तै नेपाल निलो र जापानी टोलीबीचको खेलका लागि र‌ंगशालामा टिकट पनि तोकिएको छ । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकट तय गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया