कास्कीको हिमाली क्षेत्रमा हिमपात, पर्यटकलाई सास्ती

 मंसिर २७, २०७६ शुक्रबार १३:३८:४ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कास्कीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

 

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । कास्कीको  अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर, मर्दी हिमाल आधार शिविरमा हिमपात भएपछि स्थानीय तथा पर्यटकलाई सास्ती भएको छ ।

कास्कीको मर्दी हिमाल पदयात्राअन्तर्गतको कोकर, चुपरुङ डाँडा, हुमल, बादलडाँडालगायतका क्षेत्रमा हिउँ परेकाे स्थानीय राजकुमार गुरुङले जानकारी दिनुभयो । बिहान १० बजेदेखि हिमपात सुरु भएको हिमपातले त्यस क्षेत्रमा रहेका होटलमै हिँउ परेकोले समस्या भएको उहाँले बताउनुभयो ।

२ हजार २ सय ५० मिटरको उचाइमा रहेको कोकर क्षेत्रमा हिमपात भएपछि पर्यटकहरु होटलमा पुग्न नसकी रुखको ओत परेको बसेको उहाँले बताउनुभयो । ‘पर्यटकहरुको अप्ठेरोमा परेकोे थाहा पाएपछि स्थानीय होटल व्यवसायी उनीहरुलाई लिन जान लागेका छन्’, उहाँले भन्नुभयो । बिहानदेखि कोकर क्षेत्रमा हिमपात भएपछि स्थानीय नागरिक बाहिर निस्कन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले पनि त्यस क्षेत्रमा हिमपात भैरहेको छ ।

हिमपातले चिसो बढेसँगै आन्तरिक तथा बाह्य पर्यटक पर्यटक बढी प्रभावित भएका छन् । पोखरा क्षेत्रमा पनि बिहानैदेखि पानी परिरहेको कारण चिसो अत्याधिक बढेको छ ।

फोटो : राम गुरुङ
 

अन्तिम अपडेट: चैत २, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया