भक्तपुरमा बस दुर्घटना : २२ जना विद्यार्थी घाइते

 मंसिर २७, २०७६ शुक्रबार १४:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरमा बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका हुन् ।

काठमाण्डौको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा २ जना विद्यार्थी गम्भीर घाइते भएका छन् । अन्य २० जना घाइते खतरामुक्त रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

पिकनिकका लागि ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु गएको त्यो बस पाइलट बाबा आश्रम नजिकै सडकमा पल्टिए पनि ठूलो भिरबाट खस्नबाट भएको दुर्घटनाबाट बचेको उहाँले बताउनुभयो ।

दुर्घटनाका घाइतेमध्ये दुई जनाको भक्तपुर अस्पतालमा र २० जनाको सल्लाघरीस्थित  डा. इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Md Tabrej Ansari

    Dec. 13, 2019, 3:13 p.m.

    Rip

  •  0 Reply

तपाईको प्रतिक्रिया