कालिञ्चोकमा हिउँ पर्‍यो

 मंसिर २७, २०७६ शुक्रबार १४:१९:३८ | उषा तामाङ
unn.prixa.net

दोलखा - दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ ।

कालिञ्चोकको कुरी क्षेत्रमा शुक्रबार बिहानदेखि नै हिउँ परिरहेको छ । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण चिसो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटल व्यवसायी बताउँछन् । 

काठमाण्डौबाट १ सय ३३ किलोमिटर यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया