आज लगातार पानी नपर्ने : माैसम खुल्ने सम्भावना भने कम

 मंसिर २८, २०७६ शनिबार ७:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसमविदहरुले आज हिजो शुक्रबारको जस्तो लगातार पानी नपर्ने बताएका छन् ।

हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आजलगातार पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मध्य र पूर्वका एक/दुई ठाउँमा आज हल्का पानी र उच्च हिमाली तथा पहाडी भेगमा भोलि आइतबारसम्म नै हिउँ पर्ने उहाँले बताउनुभयो । आज मध्य र पश्चिमी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्ने हुने भएकाले पूर्वको मौसम भने खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । सबैभन्दा धेरै धनगढीमा ६४ दशमलव ९ मिलिमिटर पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पानी र हिउँसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

यो यामकै पहिलो हिमपात भएकाले बालीनाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया