आइतबार पनि केही ठाउँमा पानी पर्ने र हिमपातकाे सम्भावना

 मंसिर २९, २०७६ आइतबार ६:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार पनि देशका विभिन्न ठाउँको मौसम बदली भइ मध्य, पूर्वी र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसमविद् गंगा मञ्जु बासीले बताउनु भयो । 

उहाँले हिजो अस्तीको जस्तो लगातार पानी पर्ने वा भारी हिमपातको सम्भावना भने नभएको बताउनु भयो ।  

याे प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बदली भइ पानी पर्ने सम्भावना रहेकाले देशभरि नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि माैसमविद्ले सुझाव दिएका छन् । 

विशेषगरी ताताे र झाेलिलाे पदार्थ खान तथा चिसाेबाट बच्न बाक्ला र न्यानाे लुगा लगाउन माैसमविद्ले सचेत गराएका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया