मध्यपश्चिम-सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

 मंसिर २९, २०७६ आइतबार ८:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – मध्यपश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । 

पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अहिले देशका धेरैजसो ठाउँको आकाशमा बादल लागेको पनि उहाँले बताउनु भयो । 

आज दिउँसो पनि देशभरकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभए पनि पूर्व, मध्य र पश्चिमका थोरै ठाउँमा मात्रै पानी पर्ने सम्भावना छ भने देशका अरु ठाउँमा भने पानी पर्ने सम्भावना नभएको मौसमविद् बासीले जानकारी दिनुभयो । 

काठमाडौ उपत्यकामा आज हिजो जस्तो घाम नलाग्ने पनि उहाँले जानकारी दिनुभयो । आज बिहान ६ बजे काठमाण्डौको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया