सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो
चैत ६, २०८१ बुधबार
सिन्धुपाल्चाेक – दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ ।
अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकखण्डको ६ किलो भन्ने ठाउँमा आइतबार बिहान बस पल्टिँदा १२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अहिले उद्धारको काम भैरहेको र घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो ।
गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।
घाइतेमध्ये दुई जनालाई काठमाण्डाै पठाइएकाे अन्यको खाडीचौरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धार कार्य जारी छ ।
तस्बिर : स्थानीय बासिन्दा रविन बस्नेतकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।