सिन्धुपाल्चाेक बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १४ पुग्याे, परिचय खुल्न बाँकी

 मंसिर २९, २०७६ आइतबार १२:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चाेकमा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।

दोलखाको कालिञ्चाेकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा ८ जना महिला, ३ जना पुरुष, २ बालक र एक बालिकाको ज्यान गए पनि उनीहरुको परिचय भने खुलिनसकेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।

१२ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि लैजाँदा गर्दा बाटाेमा नै ज्यान गएको हो । घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाण्डाै ल्याइएको छ भने बाँकीको खाँडीचौरमा उपचार भइरहेको छ ।

खाँडीचौरमा उपचार भएकालाई पनि काठमाण्डाै ल्याउने तयारी भइरहेको एसपी महर्जनले बताउनुभयो । अहिले पनि उद्धारको काम भइरहेको छ ।

गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया