नेकपा स्थायी कमिटी बैठकमा ५ एजेण्डा, सीमा समस्या पनि उठाइने

 मंसिर २९, २०७६ आइतबार १२:१५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (आइतबार) बस्ने स्थायी समितिको बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । 

केहीबेर अघि सकिएको सचिवालय बैठकले स्थायी समितिका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, विधान, सीमा समस्या, आगामी केन्द्रीय कमिटीको बैठकलगायतका एजेण्डा तय गरेको नेकपाले जनाएको छ । 

बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनुभएको थियो । उहाँले बैठकमा आफ्नो स्वास्थ्य सुधार हुँदै गएकोबारे जानकारी गराउनु भएको थियो । 

झण्डै एक वर्षपछि आइतबार दिउँसो १ बजे नेकपाको स्थायी कमिटीको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

तीन/तीन महिनामा स्थायी कमिटीको बैठक बस्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक बस्न सकेको थिएन । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया