देशैभरका ह्याचरी उद्याेगले आजदेखि १० दिनसम्म चल्ला उत्पादन नगर्ने

 मंसिर २९, २०७६ आइतबार १२:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नेपाल ह्याचरी उद्योग संघले आजदेखि ब्रोइलर कुखुराकाे चल्ला उत्पादन बन्द गरेको छ ।

लागतअनुसार मूल्य नपाएको भन्दै संघले आजदेखि १० दिनसम्म चल्ला उत्पादन नगर्ने भएको हो । १० दिन उत्पादन बन्द गर्दा बजार राम्रो हुने भएकाले बन्द गर्न लागिएको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ ।

एउटा चल्ला उत्पादनमा झण्डै ५५ रुपैयाँ लागत पर्ने भए पनि चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा कम मात्र पाइरहेको संघको भनाइ छ । संघले  यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने बताएकाे छ ।  

साथै ह्याचरी उद्योगीले १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेसिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने निर्णय गरेकाे छ । 

नेपालमा ३ सय वटा ह्याचर उद्योग रहेका छन् । यसबाट हप्ताको ४५ लाख चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्याग संघका केन्द्रीय अध्यक्ष टिकाराम पोख्रेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया