सिन्धुपाल्चोक दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ६ जनाको परिचय खुल्यो

 मंसिर २९, २०७६ आइतबार १५:२७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

ज्यान गुमाउनेमध्ये ६ जनाको परिचय खुलेको छ भने दुर्घटनामा १७ जना घाइते भएका छन् । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।

घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिँदा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का अन्दाजी २४ वर्षका सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षका सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षका जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षका मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का अन्दाजी २९ वर्षका महेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षका चिनु बस्नेतको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुुभयो ।

दुुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको हेम्स, धुलिखेल, केएमसी र सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दोलखाको कालिन्चोक दर्शन गरेर फर्केका उनीहरु शनिबार सिन्धुपाल्चोक मुढेमा बास बसेर बिहान भक्तपुरको सूूर्यविनायक फर्कँदै गर्दा ६ किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुुभयो । गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया