झण्डै ५ वर्षपछि दशरथ रंगशालामा 'ए' डिभिजन लिग फुटबल फर्कँदै

 मंसिर ३०, २०७६ सोमबार ६:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज (सोमबार) देखि पुनः सुरु हुँदै छ । 

सातदोबाटोमा शनिबार उद्घाटन गरिएको लिग आइतबार मनाङ मर्स्याङ्दी र जापानको टिमबीचको मैत्रीपूर्ण फुटबलका कारण स्थगित भएको थियो । स्थगित भएको लिग आजदेखि फेरि सुरु हुन लागेको हो । 

सोमबार मध्याह्न साढे १२ बजे विभागीय क्लब त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लब सातदोबाटोमा प्रतिस्पर्धा गर्दैछन् । यसैगरी दशरथ रंगशालामा दिउँसो साढे २ बजे संकटा क्लब र च्यासल युथ क्लब आमनेसामने हुने छन् । 

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । संकटा र च्यासलबीचको रंगशालाको खेलसँगै झण्डै ५ वर्षपछि ‘ए’ डिभिजन लिग फुटबल दशरथ रंगशालामा फर्कने छ । 

भुकम्पका कारण क्षतिग्रस्त भएको रंगशाला १३ औं सागका लागि तयार पारिएको थियो । दशरथ रंगशालामा सागको फुटबल खेल भएको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया