शीतलहरका कारण तराईकाे जनजीवन प्रभावित

 पुष ३, २०७६ बिहीबार ७:४६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो । 

चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शितलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा चलहपहल कम भएको छ । 

बिहीबार पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाका मौसमविद् शान्ती कँडेलले आग्रह गर्नुभएको छ । 

विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, नवलपरासी, महोत्तरी, सप्तरी, सुनसरी, मोरङ र झापामा शितलहरको असर बढी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो । 

शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ । 

पानी परेपछि शीतलहर घट्ने सम्भावना भएको मौसमविद् कँडेलले बताउनुभयो । देशका अन्य ठाउँको मौसम पनि आज पूर्णरुपमा खुल्ने सम्भावना नभएको उहाँले बताउनु भयो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया