सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो
चैत ६, २०८१ बुधबार
काठमाण्डौ - इँटाभट्टा हटाउन माग गर्दै काठमाण्डौको चन्द्रागिरी नगरपालिका कार्यालयको मुख्य भवनमा ताला लगाउन पुगेका स्थानीयलाई प्रहरीले रोकेको छ ।
ताला लगाउन गएका स्थानीय बासिन्दा र प्रहरीबीच केहीबेर झडप समेत भएको इँटाभट्टा पीडित संघर्ष समितिका जगन्नाथ तिमल्सिनाले जानकारी दिनुभयो । स्थानीयले नगरपालिकाको तीनमध्ये एउटा भवनमा भने ताला लगाएका छन् ।
मुख्य कार्यालय रहेको भवनमा ताला लगाउन जाँदा प्रहरीले रोकेको तिमल्सिनाले बताउनुभयो । इँटाभट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले चन्द्रागिरीमा सञ्चालित सबै इँटाभट्टा हटाउनुपर्ने माग गर्दै स्थानीयबासिन्दाले निरन्तर आन्दोलन गर्दै आएका छन् ।
गएको मंगलबार उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दाले २०७२ सालदेखि हटाउन माग गर्दै आए पनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका छन् ।
चन्द्रागिरी नगरपालिकाभित्र १४ वटा इँटा उद्योग सञ्चालनमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।