पाेखरा प्रिमियर लिग : चितवनकाे लगातार दाेस्राे जित

 पुष ३, २०७६ बिहीबार २०:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरा प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा चिवतनले बुटवल ब्लास्टर्सलाई ११९ रनले हरायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २०३ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको चितवनका कप्तान पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्न सफल भए । जारी पीपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो । पारस खड्काले ४० बलमा ६५ रन बनाउँदै आउट भएपछि चितवनले एक सय १७ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि बाबर हयात एक रनमा आउट हुँदा एक सय २९ रनमा चितवनले दोस्रो विकेट खेर फाल्यो ।

तर त्यसपछि आरिफ शेख र रोहनले पनि ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए । आरिफले विस्फोटक ४० रन बनाए । जसमा उनले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै रोहन मुस्तफाले अविजित ७० रन बनाए ।

बलिङतर्फ अफ्ताबुदिन अहमेदले दुई विकेट लिए ।

जवाफमा बुटवल १८ ओभर चार बलमा ८४ रनमा अलआउट भयो ।

बुटवलको तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । २ रनमा पहिलो विकेट गुमाएको चितवनले १० रन बनाउँदा तीन विकेट खेर फाल्यो । उसका सुरुवाती तीन खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

त्यसपछि सिंभम सिंह र भिम सार्कीले टिमलाई सम्हाल्ने प्रयास गरे पनि सफल भएनन् । भिम २१ रनमा आउट हुँदा बुटवलले ४५ रनमा चौथो विकेट गुमायो । उसको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

बुटवलले स्कोरबोर्ड अरु ३८ रन जोड्दा थप पाँच विकेट गुमायो । जसका कारण उसले ८३ रनमा नौ विकेट खेर फाल्यो । निकै फितलो ब्याटिङ गरेको बुटवललाई कम रनमा खुम्च्याउन करण केसीले ३ तथा रोहन मृुस्तफाले दुई विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया