तराईमा शीतलहर र हुस्सुकाे प्रभाव घट्दै जाने, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

 पुष ४, २०७६ शुक्रबार ८:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तराईमा केही दिन अघिदेखि लागेको हुस्सु र शीतलहको प्रभाव शुक्रबार बेलुकीदेखि कम हुने मौसमविद्ले बताएका छन् । 

आज केही पानी पर्ने सम्भावना भएकाले तराईको हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 

तराईमा शीतलहर कम भए पनि आज पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै आज पश्चिमी पहाडी भेगको १,२ ठाउँमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया