भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपी...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक शून्यले हरायो । सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई पाखा लगायो । पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाको एकमात्र गोल निर्णायक बन्यो ।
उनले खेलको १० औंँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । जारी प्रतियोगितामा केही कमजोर मानिएको सरस्वतीले त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि उसको फ्रन्टलाइन सफल हुन सकेन । जारी प्रतियोगितामा सरस्वतीको यो लगातार दोस्रो हार हो ।
यसअघि सरस्वती क्लब एनआरटीसँग चार शून्यले पराजित भएको थियो । जितपछि जाउलाखेलको दुई खेलमा तीन अंक भएको छ भने सरस्वती अंकविहीन रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।