भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपी...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई हराउँदै महत्वपूर्ण तीन अंक बटुलेको छ ।
गएराति भएको खेलमा म्यानचेस्टरले लेस्टलाई तीन–एक गोल अन्तरले हरायो । घरेलु मैदान इतिहाद स्टेडिमयमा भएको खेलमा म्यानचेस्टरले लेस्टरको एक गोलको अग्रता उल्ट्यायो ।
खेलको २२ औं मिनेटमा जिमी भार्डीको गोलमा लेस्टरले अग्रता बनाएको थियो । तर त्यसपछि घरेलु टिम म्यानचेस्टरले लगातार तीन गोल गर्न सफल भयो ।
खेलको ३० औँ मिनेटमा महरेजले गोल गर्दै खेल बराबरीमा पुर्याए । उनले मेन्डीको पासको सदुपयोग गरेका थिए । ४३ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । जसलाई गुन्डोगनले गोलमा परिणत गरेपछि म्यानचेस्टरले खेल दुई–एकमा पुर्यायाे ।
पहिलो हाफमा एक गोलले अगाडि रहेको सिटीले ६९ औं मिनेटमा तेस्रो गोल गर्याे । यसपटक उसका लागि गाब्रियल जिससले गोल गरे । उनले केभिन डी ब्रुइनको पासको सदुपयोग गरे ।
त्यसपछि लेस्टर सिटी खेलमा फर्कन सकेन र पराजित भयो । यो हारले लेस्टरलाई ठूलो धक्का पुगेको छ भने म्यानचेस्टरले लेस्टरसँगको दुरी एक अंकमा झारेको छ । लिगमा अपराजित लिभरपुल शीर्ष स्थानमा कायमै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।